चितवनको नारायणी नदिमा एक युवती हाम फालिन् , खोजी कार्य जारी

  भदौ ०८, २०७९

मिडियाबाजी डटकम काठमाडौं भाद्र ८। चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ३ स्थित नारायणी पुलबाट एक युवतीले हाम फालेकी छन्। चितवन खैरहनी नगरपालिका ७ की २६ वर्षीया ऋचा उप्रेतीले मंगलबार दिउँसो नदीमा हाम फालेकी हुन्।

स्थानीयले देखेर खबर गरेलगत्तै प्रहरीले उनको खोजी गरिरहेको भए पनि अहिलेसम्म फेला पार्न नसकिएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी नरहरि अधिकारीले जानकारी दिए।‘मंगलबार २:४५ तिर उनले हामफालेको स्थानीयले देखेछन्’, डीएसपी अधिकारीले भने, ‘खोजी गरिरहेका छौं, अहिलेसम्म भेटिएको छैन।’उनी विवाहित भएको र एउटा सानो बच्चा पनि भएको उनले जानकारी दिए। उनको विषयमा विस्तृत जानकारी लिन बाँकी रहेको प्रहरीले जनाएको छ।

तपाईंको प्रतिक्रिया

थप खबर