शाहले महानगरअन्तर्गतका शिक्षक तथा कर्मचारीलाई तत्काल दलीय आबद्धता त्याग्न निर्देशन दिए

  भदौ ०८, २०७९

मिडियाबाजी डटकम काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहले महानगरअन्तर्गतका शिक्षक तथा कर्मचारीलाई तत्काल दलीय आबद्धता त्याग्न निर्देशन दिएका छन् । मंगलबार बेलुका एक विज्ञप्ति जारी गर्दै मेयर शाहले यस्तो निर्देशन दिएका हुन् ।

उनले दलीय आबद्धतासँग सम्बन्धित कुनै पनि प्रकारको सदस्यता नदिन वा सदस्यता लिएको भए रद्द गर्न सम्बन्धित राजनीतिक दल, भातृ संस्था वा शुभेच्छुक संस्थालाई अपिलसमेत गरेका छन् । राजनीतिक आबद्धता तत्काल त्याग नगरे त्यस्ता कर्मचारी तथा शिक्षकहरूलाई कानुनी कारबाही अगाडि बढाउने उनको चेतावनी छ ।

तपाईंको प्रतिक्रिया

थप खबर