अब पाइलट पढ्न विदेश जान नपर्ने सरकारले नेपालमै ‘फ्लाइङ स्कुल’ खोल्ने

  श्रावण ०८, २०७९

मिडियाबाजी डटकम, काठमाडौं । नेपालबाट विमान चालक र अन्य जनशक्ति बन्न आवश्यक अध्ययनका लागि अहिले विदेश जानु पर्ने बाध्यता छ । यस्तो बाध्यतालाई न्यूनीकरण गर्न सरकारले नेपालमै ‘फ्लाइङ स्कुल’ खोल्ने तयारी गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आइतबार पर्यटन पुनरुत्थान कार्ययोजना सार्वजनिक गरेको छ । जसमा आगामी ६ महिना भित्र ‘ ‘फ्लाइङ स्कुल ‘ सञ्चालनको प्रक्रिया अगाडि बढाउने घोषणा गरिएको छ ।

मन्त्रालयकाअनुसार नेपालको पर्यटन क्षेत्रमा चाहिने आवश्यक जनशक्ति उतपादन गर्न अन्तर्राष्ट्रिय स्तरको ‘फ्लाइङ स्कुल’ खोलिने छ । कार्ययोजनामा सरकारले अन्तर प्रादेशिक हवाई सेवा विस्तार गर्ने र प्रमुख स्रोत बजारबाट हवाई उडान सञ्चालन गर्न अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीसँग समन्वय गर्ने कार्यक्रम समेत सरकारले सञ्चालन गर्ने घोषणा गरेको छ ।

अहिले नेपालमा दुई दर्जन हाराहारी साना विमानस्थलहरू प्रयोगमा छैनन् । यी विमानस्थलहरूलाई वैकल्पिक प्रयोगमा ल्याउने घोषणा गरेको सरकारले यसमध्ये केही विमानस्थलमा फ्लाइङ तालिम समेत गर्न सकिने सम्भावना रहेको बारे लामो समयदेखि बताउँदै आएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले कोरोनाबाट सबैभन्दा बढी प्रभावित क्षेत्रको पुनरुत्थान गर्न कार्ययोजना महत्वपूर्ण सावित हुने बताए ।

तपाईंको प्रतिक्रिया

थप खबर