मिडियाबाजी डटकम काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले फराकिलो मतअन्तरसहित अग्रता कायमै राखेका छन् । अब करिब ४४ हजार मत गन्न बाँकी रहँदा साहले ४८ हजार मत कटाएका छन् ।
बिहान सार्वजनिक पछिल्लो मत परिणामअनुसार बालेनले ४८ हजार ९२२ मत ल्याएका छन् भने दोस्रो स्थानमा रहेकी नेपाली कांग्रेसकी सिर्जना सिंहले ३० हजार २५ मत प्राप्त गरेकी छन् । बालेन सिर्जनाभन्दा १८ हजार ८९७ मतले अगाडि छन् । तेस्रो स्थानमा रहेका एमालेका केशव स्थापितले २९ हजार १५९ मत पाउँदा अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले ७ हजार ६५४ मत प्राप्त गरेका छन् ।