खिलप्रसाद पाण्डे (प्रवेश)
आदरणीय मतदाताज्यूहरू सरकारले यहि मिति २०७९/०१/३० गते शुक्रबारका लागि स्थानिय निकायको निर्वाचनको मिति घोषणा गरे सँगै,विभिन्न राजनीतिक दलहरु भित्र धमाधम उम्मेदवारी टुंगो लगाउने क्रम तीव्र रुपले अघि बढेको देखिन्छ।अघिल्लो निर्वाचनबाट विजयी उम्मेदवारहरुले ५ वर्षको अवधिमा गरेका कामको समिक्षा गर्नुहोस् ,तपाईं हाम्रो माग तथा आवश्यकताहरु कति पूरा भए भएनन् हिसाब राख्नुहोस्,तपाईं हामीले कस्तो मान्छे जितायौँ र हाम्रो गाउँ, ठाउँ साथै जनजीवन मा कस्तो रुपान्तरण आयो यो कुराको पनि हिसाब राखौँ,नेतृत्वलाई राम्रो काम गरेबापत सम्मान र खराब कामको दण्ड दिने सुनौलो अवसर भनेको निर्वाचन नै हो।तेसैले पनि यो निर्वाचन को भरपुर सदुपयोग गर्दै हरेक दल बाट उम्मेदवारी दर्ता गरि निर्वाचनमा भाग लिने हरेक उम्मेदवारको सुक्ष्म ढंगले अध्ययन,अनुसन्धान र विश्लेषण गर्न अधिकतम विवेकको प्रयोग गर्नुहोस् ,कसैको क्षणिक लोभ र आश्वासन मा नलुटपुटिनुहोस्,कसैले पैसा लगायतका सम्पत्ति वितरण गर्छन् भने ढुक्कसँग हात थापेर खाइदिनुहोस् किनकी त्यो तपाईंले नै कर तिरेको सम्पत्ति हो,तर कोहि उम्मेदवार समाजको अनुहार फेर्ने तीब्र अभिलाषा बोकेर मनन् योग्य विचार को साथमा आएका छन् भने देखि बुझिदिनुहोस्,फलानो पार्टिले यस्तो चिज दियो तपाई के दिनुहुन्छ ?भनेर आफ्नो लोभ र आसे प्रवृत्ति नदर्साउनुहोस्,त्यसैले कसैलाई पनि फाइदा गर्दैन।
आसन्न स्थानीय तहको निर्वाचनमा तपाईंले खोजे जस्तो,काम गर्न सक्ने सक्षम साथै मिसन र भिजन बोकेका बौद्धिक युवा नेतृत्वलाई अमुल्य मत दिएर जिताउने अविभारा तपाईं हाम्रो काँधमा आएको छ,तपाईंले दिने मत गलत ठाउँ पुग्यो भने पुन ५ बर्ष तपाईंले जनप्रतिनिधिहरुलाई धारे हात लगाएर गाली गर्दैमा बित्नेछ।स्थानिय निर्वाचन ले चयन गर्ने जनप्रतिनिधि भनेका स्थानिय स्तर कै विकास र सम्पन्नताको लागि हुन्।तसर्थ अब हाम्रा नयनहरु खुल्नु पर्दछ। लोकतन्त्रमा जनता मालिक हुन् कसैका दास होइन++++++++++++++++++++++++++++++++न् ,हामिले दिएको मतले नै आगामी दिनको लागि हाम्रो भाग्य र भविस्यको निर्धारण गर्दछ।अन्ततः पार्टी र नातावाद भन्दा +-माथि उठेर असल नेतृत्व छान्न तर्फ अग्रसर बन्नुहोस् |धन्यवाद
यस बिचारका लेखक हाम्रा सहाकर्मी मिडियाबाजी डटकमका प्रमुख संवाददाता हुनुहुन्छ |