मिडियाबाजी डटकम काठमाडौं, पौष ८। विवादको बीच पनि टि -२० क्रिकेट आयोजना हुने भएको छ।
नेपाल पाल क्रिकेट संघ (क्यान) को महत्वाकांक्षी प्रोजेक्टको रुपमा रहेको फ्रेन्चाइज क्रिकेट नेपाल टी-२० लिगको आयोजना मिति विभिन्न कारणले गर्दा तेस्रो पटक सारिएको थियो ।
तीन पटक मिति सरेपछि चौथो पटक तय गरिएको मिति पुस ९ गते शनिबारदेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा लिग सुरु गर्ने क्यानको तयारी छ । क्यानले लिगको कमर्सियल र स्ट्राटेजिक राइट्स भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई दिएको छ । क्यान र सेभेन थ्री स्पोर्ट्स मिलेर पहिलो संस्करणको नेपाल टी-२० लिग आयोजना हुन लागेको हो ।
यसअघि नेपालमा फ्रेन्चाइज लिग आयोजना गरिसकेको एभरेष्ट प्रिमियर लिगका आयोजक अमिर अख्तरले सेभेन थ्री स्पोर्ट्ससँगको सम्झौतालाई लिएर अदालतमा रिट दायर गरेपछि लिग झनै विवादमा फसेको थियो ।