दाहाल र सिंहबीच भेटघाट सरकार गठनबारे छलफल

  पुष ०८, २०७९

मिडियाबाजी डटकम काठमाडौं पौष ८। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहबीच आज बिहान भेटवार्ता भएको छ ।

भेटमा नयाँ सरकार गठनबारे छलफल भएको थियो ।कांग्रेस नेता सिंहले पहिलो चरणको सरकारको नेतृत्व नेपाली कांग्रेसले गर्ने गरी सरकार गठन गर्न प्रचण्डसमक्ष प्रस्ताव राखेका थिए । तर प्रचण्डले भने सुरुमै आफूले नेतृत्व गर्न पाउनु पर्ने अडान दोहोर्‍याएका थिए ।प्रचण्डलाई भेटेपछि प्रकाशमान सिंह प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार गएका थिए । प्रधानमन्त्रीसँगको भेटमा सिंहले प्रचण्डसँग भएको कुराकानीबारे जानकारी गराएका थिए ।

‘पहिलो चरणमा कांग्रेसले र दोस्रो चरणमा माओवादीले सरकारको नेतृत्व गरेर जाऔं,पावर सेयरिङका विषयमा सम्मानजनक ढंगले छलफल गरौं भनेर हाम्रो आग्रह थियो,’ प्रकाशमानका सहयोगी यूपी लामिछानेले भने, ‘तर प्रचण्डले अरु छलफल गरौंला नै, तर पहिले माओवादीले सरकारको नेतृत्व गर्न पाउनुपर्छ भन्नुभयो ।’

तपाईंको प्रतिक्रिया

थप खबर