‘मेमोरी किङ’ शर्माले राखे दोस्रो विश्व किर्तिमान

  कार्तिक ०६, २०७९

मिडियाबाजी डटकम काठमाडौं,कार्तिक ६। ‘मेमोरी किङ’ अर्पण शर्माले स्मरण शक्तिको विधामा दोस्रो विश्व किर्तिमान कायम गरेका छन्।

उनले विश्व कीर्तिमानको प्रमाणपत्र लन्डनको ‘वर्ल्ड बुक अफ रेकर्डस्’ को कार्यालयबाट नेपाल आएलगत्तै सार्वजनिक गरेका हुन्। शर्माले यसअघि सन् २०१५ मा १ मिनेटमा ४२ वस्तुहरूको क्रम स्मरण गरेर गिनिज वर्ल्ड बुकमा नाम लेखाएका थिए। ‘यो विश्व रेकर्डको प्रमाणपत्र मेरो मात्रै नभई सम्पूर्ण नेपालीहरूको भएको महसुस गर्दै आगामी दिनमा अझै वर्ल्ड रेकर्ड राखेर नेपालको नाम विश्वसामु फैलाउने वाचा गर्दछु,’ उनले भनेका छन्।

पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उनलाई बधाई दिँदै नयाँ वर्ल्ड रेकर्डको प्रमाणपत्र हस्तान्तरण गरेका हुन्। १ मिनेटमा ८३ वस्तुहरूको क्रम स्मरण गरेर रचेको यो विश्व कीर्तिमानको श्रेय उनी आफ्नो ध्यान, साधना र मेमोरी टेक्निकहरूलाई दिन्छन्।

तपाईंको प्रतिक्रिया

थप खबर