ग्लोबल आइएमई बैंकले दुई वर्षमै दुई गुणा हुने मुद्दती योजना ल्यायो

  असोज ०७, २०७९

मिडियाबाजी डटकम कामाण्डौं । ग्लोबल आइएमई बैंकले दुई वर्षमै दुई गुणा हुने मुद्दती योजना ल्याएको छ । ‘ग्लोबल आइएमई धनवृष्टि मुद्दती योजना’ अन्तर्गत ग्राहकले दुई वर्षमै आफ्नो मुद्दती निक्षेप दोब्बर गर्न सक्ने बैंकले जनाएको छ । कसरी हुन्छ त ग्राहकको रकम दुई वर्षमा दोब्बर? यो भनेको कसैले बैंकमा एक लाख रूपैयाँ बचत गर्दा दुई वर्षपछि आफैं दुई लाख हुने होइन ।

कसरी हुन्छ त दोब्बर?

बैंकका अनुसार यो योजना अन्तर्गत ग्राहकले सबभन्दा सुरूमा मुद्दती निक्षेप खाता खोल्न कुनै निश्चित रकम छनोट गर्नुपर्नेछ । यस्तो रकम कम्तीमा दस हजार रूपैयाँ हुनुपर्छ । यो पैसा जम्मा गरेपछि हरेक तीन/तीन महिनामा छनौट गरेको रकमको १० प्रतिशत रकम जम्मा गर्नुपर्छ । अर्थात् वर्षको चार पटक

। दुई वर्षको योजना भएकाले यस हिसाबले जाँदा आठ पटक यसरी रकम जम्मा गर्नुपर्ने हुन्थ्यो ।

तर बैंकले अन्तिम त्रैमासमा रकम जम्मा गर्न नपर्ने गरी यो योजना ल्याएको हो । त्यसैले दुई वर्षमा तीन/तीन महिनामा गरेर सात पटक आफूले जम्मा गरेको कुल रकमको दस प्रतिशत रकम जम्मा गर्दै जानुपर्नेछ।यसलाई उदाहरणबाट बुझौं । मानौं तपाईंले यो योजना अन्तर्गत मुद्दती निक्षेप खाता खोलेर एक लाख रूपैयाँ जम्मा गर्नुभयो । अब यसको १० प्रतिशत हुने भयो १० हजार रूपैयाँ ।

अब नियमअनुसार हरेक तीन/तीन महिनामा दस/दस हजार जम्मा गर्दै जानुपर्‍यो।दुई वर्षमा सात पटक यसरी दस हजार रूपैयाँ जम्मा गर्दा ७० हजार रूपैयाँ पुग्छ। सुरूमा राखेको एक लाख रूपैयाँ त छँदैछ।

ब मुद्दती योजनाको दुई वर्ष पुगेपछि बैंकले सुरूमा राखेको एक लाख रूपैयाँ, हरेक त्रैमासमा जम्मा गरेर भएको ७० हजार रूपैयाँ र ब्याजका रूपमा ३० हजार रूपैयाँ थपेर दुई लाख रूपैयाँ दिनेछ । बैंकका अनुसार यो मुद्दती योजना विशेष जागिरे मानिसहरूका लागि उपयुक्त र फाइदाजनक छ । यो योजना चाडपर्व विशेष भएकाले छठ पर्वसम्म लागू हुने बैंकले बताएको छ।

तपाईंको प्रतिक्रिया

थप खबर