मिडियाबाजी डटकम काठमाण्डौं, भाद्र ७। कैलालीमा सडकमा छोडिएको छाडा गाईसँग ठोक्किएर दुर्घटना हुँदा गए राति मोटरसाइकल चालकको ज्यान गएकाे छ । दुर्घटनामा एक जना घाइते भएका छन् । मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–१३ हिमाली टोलका ३० वर्षीय गङ्गा बोगटी रहेका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले जानकारी दिनुभयो ।
जोशीका अनुसार धनगढी–१३ अत्तरियाबाट धनगढी आउँदै गरेको सुदूरपश्चिम प्रदेश-०१-०११ प ३८१६ नम्बरकाे मोटरसाइकलले छाडा गाईलाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका बोगटीको निसर्ग अस्पताल धनगढीमा उपचारका क्रममा ज्यान गएकाे हाे ।मोटरसाइकलमा रहेकी शर्मीलाको त्यही अस्पतालमा उपचार भइरहेको बताइएको छ ।