दाङमा एकाबिहानै ट्रिपरमा आगजनी

  भदौ ०७, २०७९

मिडियाबाजी डटकम काठमाडौं,भाद्र ७। दाङको घोराहीमा आज बिहानै ट्रिपरमा आगजनी भएको छ । घोराहीबाट लमहीतर्फ जाँदै गरेको रा१ख १६९४ नम्बरको टिपरमा बिहान ४ बजेतिर बबई खोलाको पुल नजिक आगजनी गरिएको हो । प्रहरीका अनुसार टिपर चालकले बिहान चार-पाँच जनाको समूहले आगजनी गरेर भागेको बताएका छन् ।

आगजनीका कारण ट्रिपरको अघिल्लो भाग जलेर नष्ट भएको छ ।आगजनी कसले ग-यो भन्ने नखुलेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख तथा प्रहरी निरीक्षक सुरेशप्रसाद काफ्लेले बताए । आज नेत्र विक्रम चन्द विप्लवसहित कम्युनिस्ट पार्टीले नेपाल बन्दको घोषणा गरेपछि दाङमा पनि यसको प्रभाव देखिएको छ ।

प्रहरी प्रमुख काफ्लेले ट्रिपरमा आगो बन्दकर्ताले लगाएको हो वा अरु कसैले लगाएको भन्नेबारे अनुसन्धान भइरहेको बताए ।बजार पूर्ण रुपमा खुलेको छैन भने लामो दुरीको सवारी सधान चलेको भए पनि छाटो दुरीको सवारी साधान चल्न सकेको छैन ।

तपाईंको प्रतिक्रिया

थप खबर