मिडियाबाजी डटकम काठमाडौं आषाढ ९ । सुनको भाउ बिहीबार सामान्य बढेको छ । बिहीबार सुनको भाउ २०० रुपैयाँले बढेर प्रतितोला ९७ हजार ५०० रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९७ हजार रुपैयाँ निर्धारण भएको छ । यसअघि, बुधबार छापावाल सुन तोलाको ९७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९६ हजार ८०० रुपैयाँ निर्धारण भएको थियो ।
यता, बुधबार चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले घटेर १२ सय ५० रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको भाउ प्रतितोला १२ सय ५५ रुपैयाँ कायम रहेको थियो।