मिडियाबाजी डटकम काठमाडौं,आषाढ ९। नेपाल प्रहरीका १७ जना प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) लाई प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवा सिफारिस गरिएको छ ।
गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेको अध्यक्षतामा बसेको बढुवा समिति बुधबार बसेको बैठकले वसन्तबहादुर कुँवरलाई एक नम्बरमा बढुवा सिफारिस गरेको छ ।त्यसैगरी बढुवा हुनेहरूमा क्रमैसँग टेकप्रसाद राई, अशोक सिंह, दिपक थापा, श्यामलाल ज्ञवाली, किरण बज्राचार्य, सन्दिप भण्डारी, सुदिप गिरी, मीरा चौधरी, टेकबहादुर तामाङ र उमेशराज जोशीलाई डीआईजीमा बढुवा सिफारिस गरिएको छ ।

आईजीपी धिरजप्रताप सिंह र एआईजी पूजा सिंह सदस्य रहेको बढुवा समितिले भीमप्रसाद ढकाल, रामदत्त जोशी, पोषराज पोखरेल, बुद्धिराज गुरुङ, दुर्गासिंह र किरण राणलाई डीआईजीमा बढुवा सिफारिस गरेको छ । बढुवा सिफारिस भएका सन्दिप भण्डारी, टेकप्रसाद राई, उमेशराज जोशी, श्यामलाल ज्ञवाली, रामदत्त जोशी , मीरा चौधरी, बुद्धिराज गुरुङ, किरण बज्राचार्य, पोषराज पोखरेल, वसन्तबहादुर कुँवर, अशोकसिंह, दुर्गा सिंह चन्द र किरण राणा २०५१ चैत ५ मा प्रहरी सेवामा प्रवेश गरेका थिए । दिपक थापा, टेकबहादुर तामाङ, भीमप्रसाद ढकाल र सुदिप गिरी २०५२ भदौ १९ मा प्रहरी निरीक्षकबाट प्रहरीमा प्रवेश गरेका हुन् ।