ईम्बोस्ड नम्बर प्लेट कमसल रहेको स्वीकार तर पनि जडान नगरे एक वर्षको जेल सजाय

  असार ०९, २०७९

मिडियाबाजी डटकम काठमाडौं । सरकारले इम्बोस्ड नम्बर प्लेटको डिजाइनमा त्रुटि भएको स्वीकार गरेको छ । तर, राजपत्रको सूचना अनुसार प्लेट नजोडे सवारी जफत गरेर एक वर्ष कैद गर्ने चेतावनी पनि दिएको छ । सरकारले इम्बोस्ड नम्बर प्लेटको डिजाइनमा त्रुटि भएको स्वीकार गरेको छ । तर, राजपत्रको सूचना अनुसार प्लेट नजोडे सवारी जफत गरेर एक वर्ष कैद गर्ने चेतावनी पनि दिएको छ ।

फाइल तस्वीर महानिर्देशक नवराज घिमिरे

बुधबार संघीय संसदको राज्यका निर्देशक सिद्धान्त नीति तथा दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठकमा सांसदहरुले नम्बर प्लेट खुइलिने, फुट्ने समस्या आएको भन्दै वास्तविकता के हो ? भनी प्रश्न गरेका थिए ।जवाफमा यातायात व्यवस्था विभागका महानिर्देशक नवराज घिमिरेले इम्बोस्ड नम्बर प्लेट फुट्ने समस्या देखिएकाे स्वीकार गरे । महानिर्देशक घिमिरेले मोटरसाइकलको हकमा इम्बोस्ड नम्बर प्लेट फुट्ने समस्या आएको बताए । ‘फिटिङमा समस्या छ, यो डिजाइनमा भएको त्रुटिले हो’, उनले भने । पर्याप्त अनुसन्धान नगरी इम्बोस्ड नम्बर प्लेटको डिजाइन गरिएकाले अहिले समस्या आएको घिमिरेको स्वीकारोक्ति छ ।

तपाईंको प्रतिक्रिया

थप खबर