नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले आज शपथ ग्रहण गर्दै

  पुष ०७, २०७९

मिडियाबाजी डटकम काठमाडौं,पौष ७। नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले दिउँसो १ बजे संघीय संसद भवन नयाँबानेश्वरमा सांसदहरूलाई शपथ गराउने कार्यक्रम रहेको छ । जबरालाई भने राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबारनै शीतलनिवासमा शपथ खुवाएकी थिइन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले पुस १० गतेभित्र सरकार आह्वान गरेको अवस्थामा त्यसपहिले नै सांसदहरूको शपथ हुन लागेको हो । शपथमा आउँदा राष्ट्रिय पोशाक वा आफ्नो संस्कृति झल्किने पोशाकमा आउन संसद सचिवालयले सांसदहरूलाई आग्रह गरेको छ ।गत मंसिर ४ गते सम्पन्न निर्वाचनबाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १६५ जना र समानुपातिकतर्फ ११० जना गरी २७५ जना सांसदहरू निर्वाचित भएका छन् ।

तपाईंको प्रतिक्रिया

थप खबर