काठमाडौं-४ बाट नेपाली कांग्रेसका उम्मेदवार गगन थापा विजयी

  मङि्सर ०६, २०७९

मिडियाबाजी डटकम काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनमा काठमाडौं–४ मा नेपाली कांग्रेसका उम्मेदवार गगनकुमार थापा विजयी भएका छन् । थापाले २१ हजार २९३ मत प्राप्त गरी विजयी भएका हुन् ।

थापाले एमालेका राजन भट्टराईलाई ७ हजार ४५६ मतान्तरले पराजित गरेका हुन् । भट्टराईले १३ हजार ८३७ मत प्राप्त गरेका छन् । उनको जितको औपचारिक घोषणा हुन भने बाँकी छ । 

तपाईंको प्रतिक्रिया

थप खबर