मिडियाबाजी डटकम काठमाडौं, कार्तिक ५। अहिले निर्वाचनको प्रचार–प्रसारमा सक्रिय देखाइरहेका राजनीतिक पार्टी र सो पार्टीका उम्मेदवारहरूप्रति मतदाताहरूले खासै साथ–सहयोग जनाइरहेको पाइन्नँ।
दल वा पार्टीहरूप्रती मतदाताहरू असन्तुष्ट र निराशा छाईरहेको बेला झापाको क्षेत्र नं ५ (ख) प्रदेशसभा सदस्यका छबि सिटौलाप्रति भने त्यहाँका जनता धेरै आशावादी छन्। लौरो चुनवा चिन्ह लिएर सिटौला यतिबेला मतदाताहरूको घरदैलो अभियानमा छन् ।
झापा ५ (ख) प्रदेशसभा सदस्यमा सक्तारुढ गठबन्धन पार्टीहरूको तर्फबाट नेकपा (माओवादी केन्द्र) का नेता रेवतराज पुरी (गगन) र नेकपा (एमाले) र राप्रपाको तर्फबाट एमाले नेता होमबहादुर थापा उम्मेदवार छन् । दुबै उम्मेदवारप्रती दमक र निर्वाचन क्षेत्रका मतदाताहरूले खासै रुची देखाएका छैनन् ।
उम्मेदवार पुरी र थापाको तुलनामा लौरो अभियानका उम्मेदवार सिटौलाको चर्चासमेत व्यापक बढेको छ । प्रदेशसभा सदस्यका उम्मेदवार सिटौला निर्वाचन प्रचारप्रसार अभियानमा जुटिरहेका छन् । देशभरी लौरो अभियानले राजनीतिक दल र तिनका उम्मेदवारलाई थर्कमान गराइरहेको अवस्थामा झापा ५ (ख) मा सिटौलाको उम्मेदवारीले निकै ठूलो चर्चा थपेको छ ।