मिडियाबाजी डटकम ६ भदौ, काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी)का किलिएन एमबाप्पेले लिलविरुद्ध खेल सुरु भएको आठ मिनेटमै गोल गरेर कीर्तिमान बनाएका छन् । उनले फ्रेञ्च लिग वानमा सबैभन्दा छिटो गोल गर्ने खेलाडीको कीर्तिमान बराबरी गरेका छन् ।लिग वानमा यसअघि मिचेल रियोले पनि ८ सेकेण्डमै गोल गरेका थिए । केनबाट खेलेका उनले सन् १९९२ मा कान्सविरुद्धको खेलमा ८ सेकेण्डमै गोल गरेका थिए ।
आइतबाराति एमबाप्पेले त्यो कीर्तिमान बराबर गरेका हुन् ।पेरिस सेन्ट जर्मेन (पीएसजी)ले लिललाई ७-१ ले हराउँदा एमबाप्पेले ह्याट्रिक नै गरे । लिलको मैदान स्टेड पिअरे मौरेमा पीएसजीको लागि एमबाप्पेले ह्याट्रिक गरेको खेलमा नेमारले २ गोल तथा लियोनल मेस्सी र अच्रफ हाकिमीले १-१ गोल गरे ।लगातार तीन खेल जित्दै पीएसजी ९ अंक जोडेर शीर्ष स्थानमा छ ।
मेस्सीको पासमा खेलको ८ सेकेन्डमै पहिलो गोल गरेका एबाप्पेले ६६ र ८७ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । मेस्सीले २७ औं, हाकिमीले ३९ मिनेटमा गोल गरे । नेमारले ४३ औं र ५२ औं मिनेटमा गोल गरे । ५४ औं मिनेटमा घरेलु टोलीका जोनाथन बम्बाले गोल सान्त्वना गोल फर्काए ।