आज ४५६ जनामा कोरोना संक्रमण पुष्टि

  श्रावण ०६, २०७९

मिडियाबाजी डटकम काठमाडौं,श्रावण ६। आजको दिन पछिल्लो २४ घण्टामा ४५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३८३८ परीक्षणमा ४५६ जनामा संक्रमण पुष्टि भएको हो ।

२१६८ पीसीआर परीक्षणमा ३८४ र १६७० एन्टिजेन परीक्षणमा ७२ जना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ८० जना कोरोना भइरस संक्रमणमुक्त भएका छन् । देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २८४१ रहेको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर