पहिरोका कारण लमजुङ र नुवाकोटमा सडक अवरोध

  श्रावण ०६, २०७९

मिडियाबाजी डटकम काठमाण्डौं।अविरल वर्षापछि आएको पहिरोका कारण लमजुङ र नुवाकोटमा सडक अवरोध भएको छ ।  लमजुङको बेंसीशहर नगरपालिका–१ उदिपुरस्थित सडकमा शुक्रबार बिहान पहिरो जाँदा डुम्रे–बेसिशहर सडकखण्ड अवरोध भएको छ । अस्थायी प्रहरी पोष्ट उदिपुरबाट खटिएको  प्रहरीले अवरोध सडक खुलाउन आवश्यक पहल गरिरहेको छ । 

नुवाकोटको शिवपुरी गाउँपालिका–६ गुर्जेभन्ज्याङ स्थित टोखा–छहरे सडकमा शुक्रबार बिहान पहिरो जाँदा सडक पूर्णरुपमा अवरोध भएको छ । अस्थायी प्रहरी पोष्ट गुर्जेबाट खटिएको प्रहरीले अवरोध सडक खुलाउन आवश्यक पहल गरिरहेको छ । 

तपाईंको प्रतिक्रिया

थप खबर