मिडियाबाजी डटकम काठमाडौं,श्रावण ६। हेटौंडामा आज (शुक्रबार) नेपाल प्रेस युनियनको नवौं राष्ट्रिय महाधिवेशन हुन गईहेको छ । युनियनको महाधिवेशन हेटौंडाको रोयल पार्टी प्यालेसमा संचालन हुने भएको छ ।महाधिवेशनको सम्पूर्ण कामहरू सकिएका छन् ।
गेटमा व्यानर लगाउने सजाउने र बाटोमा अधिवेशनको बोर्ड लगाउने लगाएतका सम्पूर्ण कार्यहरू सम्पन्न भईसकेको छ । आज बिहान १० बजे सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाले महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।