काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टीको नयाँ केन्द्रीय कार्यालयको उद्घाटन गरेका छन् । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा एमालले पार्टी कार्यालय सारेको हो, जसको आज उद्घाटन गरियो ।
नेपाल कम्यनिस्ट पार्टीको ७४ औं स्थापना दिवसको अवसर पारेर आज अध्यक्ष ओलीले उक्त कार्यालय उद्घाटन गरेका हुन् । एमालेले पार्टी कार्यालय सञ्चालनका लागि प्रतिष्ठानको पूरै भवन भाडामा लिएको हो |
स्रोतले मिडियाबाजीलाई जानकारी दिएको छ |