मिडियाबाजी डटकम काठमाडौं असोज ५। चर्चित भारतीय कमेडियन राजु श्रीवास्तावको निधन भएको छ । ४२ दिनसम्म कोमामा रहेका श्रीवास्तवको ५८ वर्षको उमेरमा बुधबार बिहान अखिल भारतीय आयुर्विज्ञान संस्थानमा निधन भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
केही महिनाअघि हृदयघात भएपछि उनलाई लामो समयसम्म अस्पतालको आईसीयूमा उपचार गरिएको थियो । उनले मैने प्यार किया, बाजीगर, बम्बे टु गोवा (रिमेक), आम्दानी अठन्नी खर्चा रुपैया जस्ता फिल्ममा अभिनय गरेका छन् । उनी उत्तर प्रदेश फिल्म विकास परिषद्का अध्यक्ष समेत थिए ।