प्रहरीको बर्दीमै उत्तेजित नाच देखाउने असई कारबाहीमा

  भदौ ०५, २०७९

मिडियाबाजी डटकम काठमाडौं,५ भाद्र । रौतहट । नेपाल प्रहरीका एकजना प्रहरी नायव निरीक्षक (असई) पदीय आचरण विपरीत बर्दीमै सार्वजनिक स्थानमा अर्धनग्न नर्तकीहरूसँग नाचेको भिडियो सार्वजनिक भएपछि उनीमाथि कारबाहीको प्रक्रिया अगाडि बढाइएको छ ।

साह स्टेजमा नाच्न जानुभन्दा पहिले दर्शकहरूलाई मोबाइलमा फोटो वा भिडियो खिच्न भनेका थिए । कसैले पनि भिडियो वा फोटो नखिच्ने भनेपछि उनी स्टेजमा उक्लिएका थिए । नाच्दानाच्दै उनले उत्तेजित हाउभाउ देखाउन थाले ।रौतहटको गढीमाई नगरपालिकाको वडा नम्बर ६ ,धरमपुरमा कृष्ण जन्माष्टमीको अवसरमा लागेको मेलामा प्रहरी नायव निरीक्षक राजकिशोर साह भोजपुरी गीतमा नाचेका थिए ।

अर्धनग्न नर्तकीहरूसँग उनी नाचेको भिडियो अहिले सामाजिक सन्जालमा भाइरल बनेको छ ।असई राजकिशोर साह बर्दीमै नाचेको भिडियो सार्वजनिक भएपछि उनको जिम्मेवारी खोसेर कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता सुनिल मल्लले मिडियाबाजीलाई जानकारी दिए ।

तपाईंको प्रतिक्रिया

थप खबर