मिडियामाजी डटकम काठमाडौं,भाद्र ५। नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य प्रदीप गिरीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आइतबार मेडिसिटी अस्पतालपछि पार्टी केन्द्रीय कार्यालय राखिने भएको छ ।
काँग्रेस केन्द्रीय कार्यालयले गिरीको निधनप्रति शोक वक्तव्य जारी गर्दै आज दिउँसो २ बजेसम्म श्रद्धाञ्जलीका अर्पण गर्ने कार्यक्रम राखेको हो । मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार मेडिसिटी अस्पतालको प्राङ्गणमा रहेको शिवालय मन्दिरमा बिहान ९ बजेदेखि ११ बजेसम्म र त्यसपछि साढे ११ बजेदेखि २ बजेसम्म पार्टी केन्द्रीय उनको शव राखिनेछ ।पार्टी कार्यालयमा अन्तिम श्रद्धाञ्जलीपछि गिरिको आजै दिउँसो पशुपतिमा अन्त्येयष्टि गरिने मुख्य सचिव पौडेलले जानकारी दिए ।
ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा शनिबार राति ९ः३० बजे समाजवादी चिन्तक प्रदीप गिरिको निधन भएको हो । भारतको मुम्बइमा क्यान्सरको उपचार गरी फर्किएका गिरिको स्वास्थ्यमा समस्या देखिएपछि श्रावणको दोस्रो साता अस्पताल भर्ना गरिएको थियो ।