मिडियाबाजी डटकम काठमाडौं : नेपालमा थप ४३५ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार १ हजार ६६७ जनाको पीसीआर र १ हजार ९०२ जनाको एन्टिजेन परीक्षण गर्दा यो तथ्यांक आएको हो ।
यो सँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २ हजार ५३५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५६ जना संक्रमणमुक्त भएका छन् ।