मिडियाबाजी डटकम काठमाडौं,श्रावण ५। सुनको भाउ आज एक हजार रुपैयाँले घटेको छ । तोलामा आज सुन ९३ हजार रुपैयाँमा झरेको हो । हिजो ९४ हजार रुपैयाँमा कारोबार भएको थियो ।अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ घटेकाले नेपाली बजारमा पनि भाउ घटेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । तोलामा १० रुपैयाँले घटेर चाँदी आज १ हजार १ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।