मिडियाबाजी डटकम काठमाडौं । नेपाल सरकारले यसै वर्ष स्थापना गरेको ‘बिपी कोइराला राष्ट्रिय पुरस्कार’ लेखक पुरुषोत्तम बस्नेत, आख्यानपुरुष ध्रुवचन्द्र गौतम, कवि विष्णुविभु घिमिरे र बिपी सङ्ग्रहालय (सुन्दरीजल)लाई प्रदान गर्ने भएको छ ।
उक्त पुरस्कार आख्यान विधामा पुर्याएको योगदानका लागि आख्यानपुरुष ध्रुवचन्द्र गौतमलाई, काव्य विधामा पुर्याएको योगदानका लागि चर्चित कवि विष्णुविभु घिमिरेलाई, राजनीतितर्फ योगदानका लागि लेखक पुरुषोत्तम बस्नेतलाई र बिपी सङ्ग्रहालय (सुन्दरीजल)लाई प्रदान गरिने भएको हो ।
बिपी कोइरालाको योगदान नेपालमा प्रजातन्त्र स्थापनामा नेतृत्वदायी रहेको छ । नेपाली लोकतान्त्रिक आन्दोलनका उहाँ यस्ता अनुकरणीय योद्धा हुनुहुन्छ, जसको अहिले पनि नेपालका सबैजसो पार्टीका नेताले मुक्त कण्ठले प्रशंसा गर्दछन् । नेपाली साहित्यको क्षेत्रमा उहाँको योगदान उत्तिकै उच्च रहेको छ ।