शैलेन्द्रको कृपा मल्लमाथि

  बैशाख ०८, २०७९

काठमाडौँ। सशस्त्र प्रहरीको महानिरिक्षकबाट केहीदिन अघि मात्रै अवकाश पाएका पूर्व आइजिपी शैलेन्द्र खनालले जाँदाजाँदै आफू निकटलाई कृपा गरेको पाइएको छ । खनाल आइजीपी रहँदा लेखा शाखामा बसेर योगदान पुर्याएर लाखौँ रुपैयाँ कुम्ल्याएको आरोप लागेका एक जना इन्सपेक्टर खनालकै कृपामा बढुवा भएको स्रोतले जनाएको छ ।

यसअघि १० नम्बरमा रहेका इन्सपेक्टर गणेश बहादुर मल्ललाई खनालले अस्वभाविक नम्बर दिएर एक नम्बरमा बढुवा गरेको आरोप लागेको छ । गत चैत्र २४ गते प्रकाशित बढुवा सिफारिस सूचना अनुसार मल्लको नाम एक नम्बरमा छ । उनको सशस्त्र प्रहरी इन्सपेक्टरबाट डिएसपीमा बढुवा भएको हो ।

तपाईंको प्रतिक्रिया

थप खबर