नेपाली काँक्रो बारिमा कुहिँदै भारतबाट लाखौँको आयत

  बैशाख ०८, २०७९

काँक्रो उत्पादक पिडित कृषकहरु

८ वैशाख, काठमाडौँ । चितवनको भरतपुर महानगरपालिका–१८ की धनु अधिकारीले गत आइतबार आफ्नो फेसबुक पेजमा रुँदै गरेको इमोजी राख्दै स्टाटस् सहित केही फोटोहरू पोष्ट गरिन् । उक्त पोष्टमा उनी केही कृषकहरूका साथमा काँक्रोको थुप्रोमाथि बसेको देखिन्छिन् ।


रेसुङ्गा कृषि फार्मकी सञ्चालिका समेत रहेकी अधिकारीले फेसबुकमा स्टाटस लेखेकी छन्, ‘समाज र राष्ट्रलाई टेवा पुर्‍याउँछु, आफ्नो जीवनयापन गर्छु, केही थोरै कमाउँछु र समाज सेवा गर्छु भन्ने उदेश्य बोकेर विगत ३ बर्षदेखि कृषि क्षेत्रमा आबद्ध म एक युवा, तर राष्ट्रको लापरबाहीका कारण आज म जस्ता हजारौं किसानले उत्पादन गरेर बजार नपाउँदा बारीमै फाल्नु परेको छ । यो जस्तो बिडम्बना के हुन सक्छ ? तपाईंहरु अनुमान लगाउन सक्नुहुन्छ ? झण्डै ३५ सय किलो काँक्रो बारीमै कुहिँदैछ । पाँच रुपैयाँमा पनि बिक्री भएन |’ यो त एउटा उदाहरण मात्रै हो नेपाली कृषकहरूले धेरै उत्पादनहरूमा उचित बजार पाउन सकिरहेका छैनन् |

तपाईंको प्रतिक्रिया

थप खबर