नागरिकता विधयेकको विरुद्ध परेको रिट सुनुवाई सारियो

  असोज ०४, २०७९

मिडियाबाजी डटकम काठमाडौं, असोज ४।नागरिकता विधेयक प्रमाणिकरण नगर्न माग गरिएको रिट दर्ता गर्न भन्दै परेको निवेदनमा तोकिएको सुनुवाइ सरेको छ। मंगलबार न्यायाधीश मनोजकुमार शर्माको इजलासमा परे पनि हेर्न नमिल्ने भएकाले सुनुवाइ सर्ने भएको हो । न्यायाधीश शर्माले हेर्न नमिल्ने सर्वोच्चको वेवसाइटमा जनाइएको छ।

संसदका दुवै सदनबाट पास गरेर राष्ट्रपतिकहाँ पठाइएको विधेयक प्रमाणिकरण नगर्न माग गर्दै वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले दिएको रिट सर्वोच्चले दरपीठ गरेको थियो। दरपीठ विरूद्ध भण्डारीले अर्को निवेदन दिएका थिए ।

न्यायाधीश शर्माले हेर्न नमिलेपछि अब यो निवेदनमा अर्कोदिन सुनुवाइ हुनेछ । सभामुख अग्निप्रसाद सापकोटाले नागरिकता विधेयक राष्ट्रपतिकहाँ पठाएको आजै १५ दिन पुग्दै छ। संविधान अनुसार संसदका दुवै सदनले पास गरेर पठाएपछि १५ दिनभित्र राष्ट्रपतिले विधेयक प्रमाणिकरण गर्नुपर्छ।

तपाईंको प्रतिक्रिया

थप खबर