चुनाबमा एमाले पैसामा बिक्दैन – अध्यक्ष ओली

  बैशाख ०७, २०७९

मिडियाबाजी संवाददाता काठमाण्डाैँ – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीलाई पैसामा किन्न सम्भव नभएको बताउनु भएको छ । पालिका चुनावकाे तयारी भइरहँदा अध्यक्ष ओलीले अनुचित पैसा, अनुचित कारोबार, अनुचित प्रलोभनलगायतका गतिविधिलाई आफ्नो पार्टीले छेउमा पनि पर्न नदिने दाबी गर्नुभयो । अध्यक्ष ओलीले फरक प्रसङ्गमा प्रतियुनिट ३४ रुपैयाँ घाटामा भारतसँग बिजुली खरिद गर्नेहरूको फोटोलाई लिएर भोट माग्न हिँड्ने पार्टीहरू सत्तारुढ गठबन्धनमा रहेको भन्दै कटाक्ष पनि गर्नुभयो । केही दिनअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो फेसबुक स्टाटसमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको फोटोसहितको चुनावी प्रचार सामग्री पोस्ट गर्नुभएकाे थियाे तर त्यसकाे चाैतर्फी आलाेचना भएपछि घिसिङकाे फाेटाे हटाउनु भएको थियो । उहाँले देशको समृद्धि र विकासमा साथ र सहयोगको अपेक्षासहित आफूले युवाहरूसँग अन्तरक्रिया कार्यक्रम सुरु गरेको र यसलाई हरेक वर्ष निरन्तरता दिने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । कार्यक्रममा युवाहरूले आयात प्रतिस्थापन हुने गरी कार्यक्रम ल्याउन, संविधानले व्यवस्था गरेको मौलिक हकहरूको कार्यान्वयनमा विशेष ध्यान दिन ओलीलाई आग्रह गरेका थिए ।

तपाईंको प्रतिक्रिया

थप खबर