बुधबार सुन-चाँदीको भाउ घट्यो कतिमा हुँदैछ कारोबार?

  कार्तिक ०२, २०७९

मिडियाबाजी डटकम काठमाडौं सुनको भाउ बुधबार प्रतितोला २०० रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ प्रतितोला २०० रुपैयाँ घटेर ९३ हजार २०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९२ हजार ७०० रुपैयाँ निर्धारण भएको छ । यसअघि, मंगलबार छापावाल सुनको भाउ तोलाको ९३ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९२ हजार ९०० रुपैयाँ रहेको थियो । यस दिन चाँदीको भाउ पनि प्रतितोला ५ रुपैयाँले घटेर ११ सय ७५ रुपैयाँ कायम भएको छ । यसअघि, मंगलबार चाँदीको भाउ प्रतितोला ११ सय ८० रुपैयाँ रहेको थियो ।

तपाईंको प्रतिक्रिया

थप खबर