कांग्रेसद्वारा पार्टी सञ्चार केन्द्र स्थापना गर्दै निर्वाचन सञ्चालन समिति गठन

  कार्तिक ०२, २०७९

मिडियाबाजी डटकम काठमाडौं, कार्तिक ।नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यालयमा सञ्चार केन्द्र स्थापना गर्ने भएको छ ।

मंगलबार पार्टी कार्यालय सानेपामा बसेको “नेपाली कांग्रेस प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचन २०७९, केन्द्रीय प्रचार–प्रसार समिति”को पहिलो बैठकले प्रदेश, जिल्ला, प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन क्षेत्र र स्थानीय तहमा समेत पार्टीको सञ्चार संयन्त्र तयार गर्ने निर्णय गरेको हो ।

आगामी मंसिर ४ गते हुने आम निर्वाचनमा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन क्षेत्रका समाचार, जानकारी, निर्वाचन गतिविधि केन्द्रमा सम्प्रेषण गर्ने व्यवस्था मिलाउने र केन्द्रीय सञ्चार केन्द्रबाट आवश्यक जानकारी प्रदेश, प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहसम्मका प्रचार–प्रसार समिति र पार्टी संयन्त्रमा सम्प्रेषण गर्ने व्यवस्था मिलाउने निर्णय गरेको केन्द्रीय पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । त्यसैगरी सातै प्रदेशमा निर्वाचन परिचालन समिति गठन गर्ने भएको छ ।

मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रीय निर्वाचन परिचालन समितिको बैठकले संयोजकसहित सातै प्रदेशमा निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय गरेको हो ।प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन –२०७९, केन्द्रीय परिचालन समितिका संयोजक गोपालमान श्रेष्ठको संयोजकत्वमा बसेको बैठकले सातै प्रदेशमा विभिन्न समिति गठन गर्ने पनि निर्णय गरेको छ । कांग्रेसले नेता श्रेष्ठको नेतृत्वमा कांग्रेसले ११० सदस्यीय केन्द्रिय निर्वाचन परिचालन समिति गठन गरेको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर