काठमाडौंको गोठाटारमा गोली लागेर एक व्यक्ति घाइते

  असोज ०३, २०७९

मिडियाबाजी डटकम काठमाडौं,असोज ३। काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-८, गोठाटारमा गोली लागेर एक व्यक्ति घाइते भएका छन्। घाइते हुनेमा सर्लाहीको हरिवन नगरपालिका–२ का ५५ वर्षीय लाल मोहम्मद भन्ने मोहम्मद दर्जी हुन् ।

तीन गोली लागेका उनको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचार भइरहेको छ । गोली हानेर भाग्ने व्यक्तिको खोजीका लागि उपत्यकाका नाकाहरुमा कडाइ गरिएको छ । रातो टिर्सट र जिन्स लगाएका र मोटरसाइकलमा आएका व्यक्तिले आफूलाई गोली हानेर भागेको घाइते मोहम्मदले बताएका छन् । काठमाडौं प्रहरी परिसर र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर