जोरपाटीमा बोरिङ खन्ने क्रममा माटोको लेदो र पानीसहितको फोहोर निसक्यो

  श्रावण ०३, २०७९

मिडियाबाजी डटकम ३ साउन, काठमाडौं । काठमाडौंको जोरपाटीमा लेदो माटो र पानीसहितको फोहोरा निस्किएको छ । यो फोहोरा वरपरका घरभन्दा पनि अग्लो देखिन्छ । यसबारे अध्ययन गर्न प्रहरीले खानी विभागका अधिकारीहरुलाई बोलाएको छ ।स्थानीय सन्तवीर लामाको घरमा बोरिङ खन्ने क्रममा माटोको लेदो र पानीसहितको फोहोरा निस्किएको प्रहरी वृत्त बौद्धले जनाएको छ ।

एक घण्टाअघि निस्किएको उक्त फोहोरा अहिले पनि निरन्तर छ ।माटो र बालुवाको लेदो आकाशतर्फ उड्दा वरपरका घरहरुमा हिलो र लेदो भरिने बाहेकको थप क्षति नभएको प्रहरी वृत्त बौद्धका प्रमुख डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए । ‘एक घण्टा भयो बिस्फोट भएको, निरन्तर छ, मैले स्थलगत हेरेर फर्किएँ,’ उनले भने ।

थप अनुसन्धानका लागि खानी विभागका अधिकारीहरुलाई खबर गरेको जानकारी उनले दिए ।

तपाईंको प्रतिक्रिया

थप खबर