मिडियाबाजी डटकम काठमाण्डौं।कैलालीमा बसको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ । सोमबार कैलालीको गौरीगंगा नगरपालिका–१ चौमालामा बसको ठक्करबाट घाइते भएका साइकल यात्री खडक थापाको आज बिहान धनगढीको निसर्ग अस्पतालमा मृत्यु भएको हो ।
पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना ६ ख ९६९३ नम्बरको सुदुरपश्चिम यातायातको बसले ठक्कर दिइ घाइते भएका थापाको आज उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
धनगढी उपमहानगरपालिका १ पुष्पलाल चोक बस्ने वर्ष ४३ का दीप श्रेष्ठले चलाएको बसले साइकल यात्रीलाई ठक्कर दिएको हाे । बस र चालकलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।