चुनावपछि पनि गठबन्धन रहिरहने कुरामा प्रतिवद्धता

  कार्तिक ०१, २०७९

मिडियाबाजी डटकम काठमाडौं,कार्तिक १। नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले ४ मंसिरको चुनावपछि पनि गठबन्धन सरकार बनाउने साझा प्रतिवद्धता जनाएका छन् ।

हाल सत्ता गठबन्धनमा पाँच दल छन्, तर साझा प्रतिवद्धता पत्रमा लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका नेताहरूले हस्ताक्षर गरेको छैन ।

गठबन्धनको खास लक्ष्य संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको भावना र मर्म विपरीत दुई–दुई पटक गरिएको प्रतिनिधि सभाको असंवैधानिक विघटन लगायत तात्कालीन सरकार प्रमुखको अनेकौं स्वेच्छाचारी कदमहरूलाई परास्त गर्नु र संविधानको रक्षा गर्नु रहेको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर