मिडियाबाजी डटकम काठमाडौं,असोज २। सर्वोच्च अदालत प्रवेशद्वारमा कार्यालय समयअघि नै व्यापक रुपमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग लगाउनुपर्ने आधार र कारण रहेको भन्दै संसद्को महाभियोग सिफारिस समितिले प्रतिवेदन बुझाएकै साँझ जबराले आफू सर्वोच्च अदालतको नियमित जिम्मेवारीमा फर्कने भनेर सर्वोच्च अदालतलाई खबर गरेका थिए ।तर, निलम्बन फुकुवा नभएको तर्क गर्दै उनलाई रोक्न आइतबार नेपाल बार र सर्वोच्च बारका कानून व्यवसायीहरू सर्वोच्च अदालत पुग्ने तयारी गरेका छन् । जबरालाई रोक्न सर्वोच्चको मूल गैटमै कार्यालय समयअघि व्यापक नै सुरक्षाकर्मी परिचालन गरिएको हो ।