लायन्स क्लब अफ काठमाडौं ग्रीन टाउनको मतदान अघि रक्तदान कार्यक्रम सम्पन्न

  मङि्सर ०१, २०७९

मिडियाबाजी डटकम मंसिर १ काठमाडौं । मतदान अघि रक्तदान : रक्तदान जीवन दान भन्दै कार्तिक ३० गते बुधबार लायन्स क्लब अफ काठमाडौं ग्रीन टाउनले शुभेक्षा ईन्टरनेशनल हस्पिटल सीतापाईलामा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

यो सङ्गै क्लबले तेस्रो रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।लायन्स क्लब अफ काठमाडौं ग्रीन टाउन,शुभेक्षा ईन्टरनेशनल हस्पिटल सीतापाईला,ब्लड डोनर्स सोसाइटी नेपाल सहितको संयुक्त आयोजनामा गरिएको यस कार्यक्रमलाई कान्तिपुर ब्लड बैंकको प्राबिधिक सहयोग रहेको थियो।

बिहान १० बजे देखि सुरु गरिएको कार्यक्रम ३ बजेसम्म चलेको थियो। कार्यक्रम को सुरुवाती लायन्सको तर्फबाट युथ प्रोग्राम चेयर ला. सुरज मिश्र बाट रक्तदान गरि समुद्घघाटन गरिएको थियो। यो उहाँको दोस्रो रक्तदान थियो भने सम्पूर्ण युवाहरूलाई रक्तदान कार्यक्रममा सरिक हुन आग्रह गर्नुभएको थियो।

यस कार्यक्रममा क्लबका तर्फबाट सचिब ला. सर्बेश रिजाल, उप कोषाध्यक्ष ला. बिबेक रिजाल, भिजिबिलिटी चेयर ला. ज्वलिता श्रेष्ठ , हेल्थ प्रोग्राम चेयर ला. लक्ष्मी महर्जन, एल सि आई एफ चेयर ला. सुबिन तामाङ ,युथ प्रोग्राम चेयर ला. सुरज मिश्र, लियो क्लब चेयर ला. रचना शाक्य, एड्मिन/डाटा चेयर ला. सृजना खड्का,अस्पतालका कर्मचारी लगाएत सर्बसाधरण गरि जम्मा १९ पिन्ट रगत सङ्कलन गरियो भने डेङ्गी,प्रेसर लगाएत अन्य को कारण धेरै जनाले दिन ईच्छा भएर पनि दिन मिलेन। रोमान्चित कुरा एकै पटक सङ्गै बसेर श्रीमान् श्रीमती रक्तदान गर्दा रक्तदाता हरु र अन्य ब्यक्तिलाई प्रेरणा को स्रोत र फोटो खिच्नेको भिड अलि बढी नै देखिन्थ्यो।

उपासना महिला बचत तथा ऋण सहकारीको तर्फबाट अन्य पदाधिकारी सहित स्वयम् अध्यक्ष अमराबति बलामी महर्जन ज्यूले पनि रक्तदान गर्नुभएको थियो भने कार्यक्रमलाई ५ केस पानी सहयोग स्वरुप उपलब्ध गराउनु भएको थियो।

अन्तमा अस्पताल प्रशासनको तर्फबाट सम्पूर्ण रक्तदाता,सहकार्य/सहयोग गर्ने संघ सस्था तथा प्रतिनिधि ज्यूहरूलाई धन्यवाद सहित रक्तदान गर्ने महानुभाव सबैलाई प्रशंसा पत्रद्वारा सम्मान गर्नुभएको थियो।

यस कार्यक्रम को सम्पूर्ण व्यबस्थापन लयन्स क्लब अफ काठमाडौं ग्रीन टाउनका संस्थापक अध्यक्ष ला.पदमकुमार श्रेष्ठले गर्नु भएको थियो र अब फेरि मतदान पनि अन्य कार्यक्रमलाई थप उर्जा सहित निरन्तरता दिने कुराको जानकारी गराउनु भयो। कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण ब्यक्ती/ सस्थालाई एकमुस्ट धन्यवाद सहित निरन्तरताको अपेक्षा गर्नुभएको थियो।

तपाईंको प्रतिक्रिया

थप खबर