अछाममा पहिरोमा परि मृत्यु हुनेहरूको सङ्ख्या १२ पुग्यो अझै १० जना बेपत्ता

  असोज ०१, २०७९

मिडियाबाजी डटकम काठमाडौं,असोज १। अछाममा पहिरोमा परि मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ ।जिल्ला प्रशासन कार्यालय अछामका अनुसार कमलबजार नगरपालिका-८ मा पाँच जना, कमलबजार कै वडानम्बर ६ मा ४ जना, तुर्माखाँद गाउँपालिका-५ मा दुई जना र ढकारी गाउँपालिका-६ मा एक जनाको मृत्यु भएको छ ।

शुक्रबारदेखि आएको अविरल वर्षाका कारण पहिरो जाँदा घरमा पुरिएर उनीहरूको मृत्यु भएको हो ।जिल्ला प्रशासनका अनुसार पहिरोमा परि ११ जना बेपत्ता भएका छन् भने ११ जनाको उद्धार गरिएको छ ।बेपता हुनेमा तुर्माखाँदका ७ जना, ढकारीका एक जना, कमलबजारका ३ जना रहेका छन् ।

तपाईंको प्रतिक्रिया

थप खबर