आज देखि प्लास्टिक झोला प्रयोगमा रोक

  भदौ ०१, २०७९

मिडियाबाजी डटकम काठमाडौं । सरकारले आज (भदौ १ गते) देखि पातलो प्लास्टिकको झोला प्रयोगमा रोक लगाएको छ । वातावरण विभागले एक सूचना प्रकाशित गरी आजदेखि ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको झोला उत्पादन, आयत, बिक्री वितरण तथा प्रयोगमा पूर्ण रुपमा रोक लगाइएको जनाएको छ ।

यस्तै, विभागले ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको झोला उत्पादन, आयात, बिक्री गरेको पाइएमा कारबाही गर्ने चेतावनी पनि दिएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर