काठमाडौँ — नेपालले विश्वकप क्रिकेट लिग २ मा शनिबार नामिबियासँग लज्जास्पद हार बेहोरेको छ । निकै फितलो ब्याटिङपछि नामिबियाले शनिबार नेपाललाई ६३ रनले पराजित गर्यो । ब्याटिङमा फेरि पनि निकै कमजोर प्रदर्शन गरेपछि नेपालले एक अर्को हार बेहोर्नु परेको हो ।२ सय रनको मध्यम लक्ष्य लिएर आएको नेपाल ३७.५ ओभरमा १ सय ३६ रनमा अलआउट भयो । स्कटल्यान्डको एयरमा दीपेन्द्रले आदिल अलामसँग छैटौं विकेटमा ३६ रनको साझेदारी गरेका थिए, जुन नेपाली इनिङ्सको सबैभन्दा ठूलो साझेदारी थियो ।
दीपेन्द्रले नेपालबाट सर्वाधिक ३८ रन बनाए । लिग २ मा १४ खेल खेल्दै उनले आफ्नो उच्च स्कोर बनाएका हुन् । नामिबियासँगको खेल अघि लिग २ मा दीपेन्द्रको औषत ९ मुनि रहेको थियो । अर्का दबाबमा रहेका ब्याटर ओपनर कुशल भुर्तेल शून्यमा आउट भए । उनी आउट भएसँगै नेपालले सुरुआतदेखि नै दबाबमा खेलेको थियो ।
अर्का ओपनर आसिफ शेखले ३२ बलमा ६ चौका प्रहार गर्दै ३४ रन बनाए । उनी बर्नान्ड स्कोल्ट्जको पहिलो सिकार भए । देव खनाल विवादस्पद ढंगले आउट भए । उनले प्रहार गरेको शट बाउन्ड्री लाइनमा लडेर फिल्डरले समातेका थिए । अम्पायरले त्यसमा छक्काको साइन गरे । तर नामिबियाका खेलाडीको क्याचको अपिलपछि देवलाई आउट दिइएको थियो। निकै संघर्ष गरेर खेलेका उपकप्तान रोहित पौडेलले ५० बलमा १७ रन बनाए । आरिफ शेख ४ रनमै आउट भए ।निकै संघर्ष गरेर खेलेका उपकप्तान रोहित पौडेलले ५० बलमा १७ रन बनाए । आरिफ शेख ४ रनमै आउट भए ।