ऐतिहासिक नेपाली चलचित्र ‘नालापानी’ कात्तिक ४ गतेदेखि प्रदर्शनमा

  असार ०३, २०७९

मिडियाबाजी डटकम काठमाडौं। पुर्खाहरूले अङ्ग्रेजसँग युद्ध लडेको बिषयमा निर्माण गरिएको ऐतिहासिक नयाँ नेपाली चलचित्र ‘नालापानी’ तिहारको अवसर पारेर कार्तिक ४ गतेदेखि प्रदर्शन हुने भएको छ । निर्देशक रिमेश अधिकारीले चलचित्रको पोस्टर सार्वजनिक गर्दै प्रदर्शनको मिति घोषणा गरेका हुन् । यो चलचित्रले चलचित्र विकास बोर्डको विशेष चलचित्र २०२० (स्पेशल अवार्ड) पाएको थियो ।सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अङ्ग्रेज र नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानको भूमिकामा रहि गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाईंलाई आधार बनाएर यो चलचित्र निर्माण भएको हो ।वीर योद्धा कप्तान बलभद्र कुँवर र उनका ६०० सेनाले नालापानी युद्धमा कसरी साहस र बहादुरी देखाए भन्ने कुरा चलचित्रमा जीवन्त देखाइएको निर्देशक अधिकारीले बताए । चलचित्रमा नेपाली वीरताका गाथा तथा नेपाली सेनाको इतिहास समेटिएको हुनाले ईतिहास सम्बन्धी अनुसन्धानका विद्यार्थी तथा देशका उच्च ओहदामा बसेकाहरूले पनि ‘नालापानी’ हेर्नुपर्ने निर्माण पक्षको भनाइ छ ।

चलचित्रको रिसर्च (अनुसन्धान)तथा लेखन रिमेश अधिकारी र कृष्ण आचार्यले गरेका हुन् । चलचित्रको अभिनयमा देशभक्त खनाल, अर्जुनजंग शाही, सन्तोष पन्त, मनोज शाक्य, बिशाल पहारी, विजय बिष्फोट, पूजना प्रधान, गीता अधिकारी, महाविर विश्वकर्मा, ईशान बिजु श्रेष्ठ, हिक्मत थपलिया, शारिता राजोपाध्याय, लक्ष्मी नाथ, गायत्री घिमिरे, जनक बर्तौला, विशाल श्रेष्ठ, सहिना भट्टराई, गीता बिष्ट, युगजंग कार्की, सिमन खड्का, सुशील खड्का (डेभिड), बाल कलाकार तेजस्वी गुरुङ, हार्दिक थपलिया, प्रनिस शाक्य, निर्माण थपलिया साथै विदेशी कलाकारहरू एन्ड्रोइन डंकन, रेचल मोलेस, पल विकिन्सन र सामलगायतको बिषेश भूमिका रहेको छ ।

रिमेश अधिकारी फिल्म प्रोडक्सन, वीर गोर्खाली फिल्मस, गंगा नारायण फिल्म प्रोडक्सन तथा बिजी बी इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण ‘नालापानी’मा भिएफएक्स अच्युत गजुरेल, छायांकन राम शरण उप्रेती, सम्पादनमा बिपिन मल्ल, द्वनद्व निर्देशन रोशन श्रेष्ठ, नृत्य निर्देशक कबिराज गहतराज, संगीत डिजे एलेक्स र सुजिल कर्माचार्यको रहेको छ । राम भट्टराई र हरि उप्रेतिले रचना गरेका चलचित्रका गीतमा गायक राजेश पायल राई, मेलिना राई र रानी शाक्य स्वर रहेको छ ।‘नालापानी’का एशोसियट निर्माता सपन कुमार थापा, सहनिर्माता गणेश कार्की, कार्यकारी निर्माता घनेन्द्र थपलिया तथा निर्माता मनोज शाक्य र रिमेश अधिकारी रहेका छन् ।

तपाईंको प्रतिक्रिया

थप खबर