विश्वप्रकाश शर्मा विरुद्धको उजुरी तामेलीमा राख्न आदेश

  कार्तिक ३०, २०७९

मिडियाबाजी डटकम ३० कार्तिक, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवम् झापा क्षेत्र नं. १ का उम्मेदवार विश्वप्रकाश शर्माले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भनी परेको उजुरी निर्वाचन आयोगले तामेलीमा राखेको छ ।

निर्वाचनको बेला अग्नि पीडितलाई आर्थिक सहयोग गरेको र यो निर्वाचन आचारसंहिता विपरीत भएको भन्ने आरोप शर्मामाथि लागेको थियो । तर उक्त आरोप पुष्टि हुन नसकेको भन्दै आयोगले तामेलीमा राख्ने निर्णय गरेको हो ।शर्माले गत जेठ ६ गते पीडितलाई ११ हजार रुपैयाँ सहयोग गरेको र त्यसकै निरन्तरता स्वरुप अमेरिकाबाट संकलित थप २ लाख ५० हजार रुपैयाँ सहयोग गरेको बताएका थिए । साथै उनले उक्त सहयोग विपदकालीन सेवा र निर्वाचन घोषणा पूर्वदेखिकै कामको निरन्तरता अन्तरगत भएको भन्दै स्पष्टीकरण समेत पेश गरेका थिए । पढ्नुहोस् आदेश:-

शर्माले आगलागी पीडित केबल निरौला र उनका बुवालाई २ लाख ५० हजार रुपैयाँ हस्तान्तरण गरेका थिए । त्यसबारे आयोगले स्पष्टीकरण सोधेको थियो ।निर्वाचन आयोगका आयुक्त एवम् आचारसंहिता अनुगमन समिति संयोजक रामप्रसाद भण्डारीले ‘मिसिल संलग्न कागजातहरु र निज विश्वप्रकाश शर्माबाट पेश भएको स्पष्टीकरण जवाफ समेतबाट निर्वाचन आचारसंहिता २०७९ विपरीतको कार्य गरेको पुष्टि हुन आएको नदेखिँदा प्रस्तुत उजुरी तामेलीमा राखिदिने ठहर्छ ।’ आदेशमा लेखिएको छ।

तपाईंको प्रतिक्रिया

थप खबर