मिडियाबाजी डटकम काठमाडौं । सुनको भाउ आइतबार प्रतितोला १००० रुपैयाँले घटेको हो । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलामा १००० रुपैयाँले घटेर ९३ हजार १०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९२ हजार ६०० रुपैयाँ निर्धारण भएको छ ।
यसअघि शुक्रबार छापावाल सुनको भाउ तोलाको ९४ हजार १०० रुपैयाँ कायम थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९३ हजार ६०० रुपैयाँ निर्धारण भएको थियो । यता, चाँदीको भाउ पनि प्रतितोला २५ रुपैयाँले घटेर ११ सय ६० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको भाउ प्रतितोला ११ सय ८५ रुपैयाँ रहेको थियो ।