सुन–चाँदीको मूल्य घट्यो, मंगलबार कतिमा हुँदैछ किनबेच ?

  श्रावण ३१, २०७९

मिडियाबाजी डटकम काठमाडौं । मंगलबार सुनको भाउ ७०० रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ७०० रुपैयाँले बढेर ९६ हजार ७०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९६ हजार २०० रुपैयाँ निर्धारण भएको छ ।यसअघि, सोमबार छापावाल सुन तोलाको ९७ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, तेजावी सुनको भाउ तोलाको ९६ हजार ९०० रुपैयाँ निर्धारण भएको थियो । यता, मंगलबार चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेर १२ सय २० रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको भाउ प्रतितोला १२ सय ३५ रुपैयाँ कायम रहेको थियो ।

तपाईंको प्रतिक्रिया

थप खबर