कोहलपुर – सुर्खेत सडकमा राति मोटरसाइकल चलाउन रोक

  श्रावण ३१, २०७९

मिडियाबाजी डटकम काठमाडौं श्रावण ३१।जिल्ला प्रशासन कार्यालय सुर्खेतले रातको समयमा रत्न राजमार्गमा मोटरसाइकल चलाउन रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालयले सोमबार एक सूचना जारी गर्दै रत्न राजर्माग अन्तर्गत कोहलपुर–सुर्खेत सडकखण्डमा मोटरसाइकल चलाउनमा रोक लगाएको हो। आइतबार राति जंगली जनावरको आक्रमणबाट भेरीगंगा नगरपालिकाका दुई जनाको मृत्यु भए पछि प्रशासनले यस्तो सूचना जारी गरेको हो ।

यसै घटनालाई लिएर स्थानीयले सडक अवरुद्ध गरेर आन्दोलनमा उत्रिएका थिए। प्रशासनका अनुसार आइतबार बिहान ८ बजेको समयमा भेरीगंगा–५ गेरवानीका ४८ वर्षीय रामबहादुर चन्द र ६७ वर्षीया कवि वलीको आफ्नो घरदेखि करिब ४०० मिटरमा पूर्वतर्फ पर्ने जंगलमा जंगली जनावरको आक्रमणमा परी मृत्यु भएको थियो ।

पढ्नुहोस् सूचना :-

सोमबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले जंगली जनावरको आक्रमणबाट सुरक्षित हुनको लागि साना दुई पाङ्ग्रे सवारी साधन मोटरसाइकललाई रातको समयमा सञ्चालन नगर्ने र दिनको समयमा चार पाङ्ग्रे सवारी साधनको अगाडि/पछाडि रही सञ्चालन गर्ने निर्णय गरेको छ।

तपाईंको प्रतिक्रिया

थप खबर