मिडियाबाजी डटकम काठमाडौं,श्रावण ३१। फिफाले भारतीय फुटबल महासंघ (एआईएफएफ)लाई निलम्बन गरेको छ । साथै आगामी अक्टुबर महिनामा भारतले आयोजना गर्ने भनिएको अन्डर-१७ महिला विश्वकपको अधिकार पनि रद्ध गरेको छ ।
तेस्रो पक्षको हस्तक्षेप भएपछि फिफाले यही अगष्ट महिनाको सुरुमै निलम्बनको चेतावनी दिएको थियो । भारतीय फुटबल महासंघमा राजनीतिक हस्तक्षेप भएपछि फिफाले नियमहरुको गम्भीर उल्लंघन गरेको भन्दै निलम्बन गर्ने निर्णय गरेको हो ।
- एजेन्सीको सहयोगबाट