- हरि खतिवडा
नेपाल मात्र यस्तो देश हो, जुन ठाउँमा तिन भुगोलको हावापानी महशुस गर्न सकिन्छ त्यो पनि केही घण्टामा नै ।अनौठो अचम्मको यो भुगोलको आ -आफ्नै विशेषता छन्। हिमालको शिरेटोलाई तराईले न्यानो र तराईको हुन्डरीको बितन्डालाई रोक्न पहाडले सहयोग सद्भाव गरेको आभाष साँच्चै मनमोहक छ। नेपालमा यसको मात्र समुचित विकास एवम् प्रयोग गर्ने हो भने पनी धेरै कुरामा परिवर्तन सम्भव छ। यो त भयो प्रतिनिधि उदाहरण। सर्वोच्च शिखर सगरमाथा एवम् विश्व शान्तिका दूत शिद्दार्थ गौतम बुद्ध जन्मभुमी शान्त भुमी आफैमा विकासको आधार स्तम्भ हुन्।
प्राकृतिक एवम् साँस्कृतिक सम्भावना धेरै हुँदाहुँदै पनि आज नेपाल अनेकौँ अभाव समस्या एवम् कठिनाइमा गुज्रिरहनुपरेको छ जुन हामी सबैको लागि दुखद कुरा हो।हरेक देशको विकास एवम् सम्वृद्धिको लागि देशको मुल नीति सही र भिजनेएवल हुनुपर्छ तब देशले काँचुली फेरेर देश एवम् नागरिकको जीवनस्तर उच्च हुन पुग्दछ तर बिडम्बना नेपालको राजनीति र राजनीतिक नेतृत्व यती भ्रष्ट छन् कि दिउँसै रात पारीदिन्छन् ।छलकपट, बेईमान ,भ्रष्टाचार ,पावरको दुरूपयोग ,दादागिरी र राष्ट्रिय सम्पत्तिप्रतिको दोहन यिनीहरूको ब्यबहार एवम् कु- कर्म हुन्। फेरी अर्को कुरा नेता त्यसै जन्मिदैनन् ,नेपालको बिद्यमान संविधान अनुसार प्रत्यक्ष जनताद्वारा अनुमोदित र निर्वाचित भएर प्रतिनीधी वा नेता बन्ने हुन् जो राज्यसत्ताको लागि तयार रहन्छ र राज्य संचालन गर्छ। तिनै प्रतिनिधी र दल चुन्न हामी जनता चुक्छौँ। गलत दल र प्रतिनिधीबाट आशाभने गरिरहन्छौँ हामी । तर धान रोपेको ठाउँमा धानै फल्ने हो गहुँ रोपेको ठाउँमा गहुँनै फल्ने हो । फटाहा घुस्याहा र भ्रष्टाचारी प्रतिनीधी चुनेपछी पाउने पनी त्यही हो जो विषभन्दा हानिकारक बन्दै गईरहेको छ ।
आफ्नो मान्छे थोरै सहयोग चाप्लुसीको भरमा बहुमुल्य भोट हामी त्यसै खेर फालिरहेका छौँ।विकास आफैमा विकास नभई हाम्रो आचरण ,ब्यवहार अनि कर्मको प्रतिफल हो। भर्खरै सम्पन्न स्थानीय निर्वाचनमा पनि हामी नेपालीले त्यत्ती विवेक प्रयोग गरेजस्तो लाग्दैन मलाई । गरिबी, अशिक्षा ,वेरोजगार इत्यादि समस्याका कारण हरेक मतदातामा यहि सही हो र यहीनै गर्नुपर्छ भन्ने मनोविज्ञान नभएको जस्तो लाग्छ ।त्यस्तै पैसाले जे पनि गर्न सकिन्छ भन्ने गलत सोचले गर्दा हरेक प्रतिनिधिहरूको चुनाव खर्च धेरै महङ्गो भैरहेको छ । स्थानीय निर्वाचन एक त प्रतिनिधी उदाहरण मात्र हो ।
त्यस्तै प्रदेश एवम् संघीय निर्वाचनमा पनी यस्तै ढाँचा देखिन्छ। यो गलत सामाजिक विकृति हो । हरेक वडा ,नगर, प्रदेश ,एवम् केन्द्रीय स्तरसम्म हामी आम सर्वसाधारण सजग सचेत हुने हो भने धेरै सुधार भने पक्कै हुन्छ । हरेक प्रतिनीधी छन्नेमा नै हामी चुक्छौँ अनि चुनिए पछी पनि हामी हाम्रो काम कर्तव्य बिर्सन्छौँ । हरेक समय सजग, सचेत एवम् नराम्रो कामको बिरोध गर्ने हो भने कही कतै त्रुटी हुनेनै थिएन। त्यस्तै सरकारी कामकाज् एवम् प्रशासनिक प्रकृयामा हामीले चासो दिएर बुझ्ने अनी चनाखो हुनुपर्ने नितान्त देखिन्छ।हरेक क्षेत्रमा केही नबुझी अथवा बुझ्न कठिन भई सुनेका भरमा गरिने गलत अड्कल,गलत प्रचार एवम् चाहिने आवश्यकताका बखत आवश्यक खबरदारीको अभावले गर्दा हामीहरूले महाभुल गरिरहेका छौँ।त्यसैले हरेक विकास निर्माण प्रशासनिक अनि समग्र क्षेत्रमा सही , गलत बुझेर गुण वा दोषका आधारमा बिरोध वा समर्थन गर्न ढिलो भैसक्यो।
द्रष्टव्य – लेखक हरि खतिवडा पर्यटनकर्ममा सकृय व्यक्तित्व हुनुहुन्छ ।